१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

गैर आवासीय नेपाली संघले यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने

१६ चैत, काठमाडाैँ । गैर आवासीय नेपाली संघले नेपालको पूर्वाधार विकासमा यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने भएको छ । उसले सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने घोषणा गरेको हो । काठमाडाैँमा सम्पन्न लगानी सम्मेलनमा एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि सम्झौता भएको छ ।

एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार २०:२९