२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नेपाल बारको मतदान सम्पन्न, १९ गतेबाट मतगणना, अध्यक्षमा श्रेष्ठ र पोखरेलबीच प्रतिस्पर्धा

१६ चैत, काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिनुभएको थियो ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधि, वक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बन्नुभएको छ । दुबै प्यानको बीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

शनिबार भएको निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

प्रमुख निर्वाचन अधिकृत खड्काका अनुसार सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ । उहाँका अनुसार सर्वोच्च वारमा ६४४, उच्चवारमा एक हजार ६८८, काठमाडौँमा एक हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेका छन् । देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडाँैमा मतगणना हुने उहाँले जानकारी दिनुभयो । देशभर बारका १० हजार ३१३ मतदाता थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १८:४३