२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सशस्त्र प्रहरीको भ्यानले गलत दिशाबाट उछिनेर स्कुटरलाई ठक्कर दिएर भाग्यो (भिडियोसहित)

१६ चैत, काठमाडाैँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले एक सर्वसाधारणको स्कुटरलाई ठक्कर दिएर भागेको छ  ।स्कर्टिङमा रहेकाे सशस्त्र प्रहरीको गाडीले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले भने भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको जानकारी दिए । उनले भ्यानले ठक्कर दिएर भागेको भन्दा पनि सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएको बताएका छन । समाजिक सञ्जालमा भने गलत दिशाबाट अोभरटेक गरेर स्कुटरलाइ ठक्कर दिँदा गम्भीर नियम उलंघन भएकाले चालकलाइ हदैसम्मको कारबाही गर्नुपर्ने अावाज उठेको छ ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १८:१७