२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अब नुवाकोटको विदुरमा पनि घण्टाघर, हरेक वडामा पार्क निर्माण गर्ने मेयर पण्डितको घोषणा

१६ चैत, काठमाडाैँ । अब नुवाकोटको विदुरमा पनि घण्टाघर देख्न पाइने भएको छ । शनिबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको घण्टाघरको शिलान्यास गरियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले घण्टाघरको शिलान्यास गरेका हुन ।

करीब ५० लाख लागतमा निर्माण हुने घण्टाघरको उचाई ५६ फिट रहेन र तीन महिनाभित्र निर्माण सम्पन्न हुनेछ । शिलान्यासपछि मेयर पण्डितले घण्टाघरले पर्यटकहरूका लागि थप आकर्षण थप्ने र नगरको समेत थप पहिचान हुने बताए । पण्डितले नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टार बजार र बसपार्कको मध्यभागको साथै देवीघाटकाे चन्द्रज्योति मावि हुँदै हावाघर आउने मार्गको रुपमा विस्तार हुँदै गर्दा घण्टाघरले शहरी विकासको सन्देस जाने समेत बताए ।

उनले करीब ५० लाख लागतमा निर्माण हुने घण्टाघरले नगरको सुन्दरता तथा आन्तरिक तथा बाह्रय पर्यटन विकासमा टेवा पुग्ने विश्वा। नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टार बजार र बसपार्कको मध्यभागको साथै देवीघाटकाे चन्द्रज्योति मावि हुँदै हावाघर आउने मार्गको रुपमा स व्यक्त गरे । पण्डितले सोहीक्रममा हरेक वडामा पार्क निर्माण गर्ने घोषणा समेत गरे । प्रदेश सांसद केशव पाण्डेको पहलमा प्रदेश ३ काे सरकारले घण्टाघर निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १४:१४