४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कोरियन भाषा परीक्षाका लागि ८२ हजार युवाले दिए आवेदन

१८ चैत, काठमाडौं । नवौं कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि ८२ हजार २ सय ७९ जना युवाले आवेदन दिएका छन् ।

जसमध्ये उत्पादनमूलक क्षेत्रमा ४२ हजार ६ सय ३१ र कषी क्षेत्रमा ३९ हजार ६ सय ४८ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।
उत्पादनमूलक क्षेत्रमा काम गर्ने गरी ४८ सय र कृषितर्फ २३ सय जनाको कोटा रहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान शनिबार राति १२ बजेसम्म अनलाइन आवेदन दिएका युवाले गल्ती भए २३ गतेसम्म मिलाउन पाउने भण्डारीले बताए ।

परीक्षा यहि आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १३:२२