१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

लगनको आगलागीमा काभ्रेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु


५ फागुन, काठमाडौँ । काठमाडौंको लगनमा आगलागीमा परी काभ्रेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । आज बिहान ३ बजेतिर अमृतलाल रन्जित र अष्टनारायण महर्जनको घरमा आगलागी हुँदा श्रेष्ठको ज्यान गएको हो । प्यारालाइसिस भएका कारण श्रेष्ठलाई आगोलागेपछि छोराले बाहिर निकाल्न सकेका थिएनन् । आगो निभाउने क्रममा श्रेष्ठका छोरा प्रविणलाल श्रेष्ठ घाइते हुनुभएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०९:११