२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

बालिका अपहरण गर्न खोज्ने अपहरणकारीको लडेर मृत्यु


१८ चैत, काठमाडौँ । बालिका अपहरण गर्न खोज्ने एक जना अपहरणकारीको मृत्यु भएकोछ । शनिबार पर्वतको कुश्मामा बालिका अपहरणको प्रयास गर्ने उक्त व्यक्तिको प्रहरी घेराबाट भाग्न खोज्दा अत्तालिएर भीरबाट हाम फाल्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

कुश्मा ४ उपल्लो बजारकी साढे २ वर्षीया बालिका अपहरण गरी भाग्ने क्रममा पहिचान नखुलेका अपहरणकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

अढाई वर्षीया सुहानी परियार घरबाहिर खेल्दैगरेको अवस्थामा जबरजस्ती बोकेर जंगलतर्फ लैैजाँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको खोजतलासका क्रममा कुश्माको गुप्तेश्वर गुफानजिककैको भीरमा बच्चा छाडेर अपहरणकारी भीरमा हाम फाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १०:००