२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

एक हजार निजामति कर्मचारी बाटोमै हराए, कारबाही गर्ने कि काममा लगाउने ?


१८ चैत, काठमाडौँ । ए हजार कर्मचारी बाटोमै हराएका छन । कर्मचारीहरु सरुवा गरेर पठाइएको स्थानमा नगएर बाटोमै हराएका हुन । कान्तिपुर दैनिकले आज प्रकाशित गरेको समाचार अनुसार, प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कबिहीन रहेका छन ।

बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराएको कान्तिपुरले उल्लेख गरेकोछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने यकिन तथ्यांक मन्त्रालयसँग नै रहेको छैन ।

स्थानीय विकास र सामान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक हुन सकेको छैन ।

मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । तीमध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार ०९:११