४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पूर्व गृहमन्त्री खड्काको अन्त्यष्टि आज, शोकमा कांग्रेस बैठक स्थगित

१८ चैत, काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जनाको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

अहिले खड्कालाई श्रद्धाञ्जली दिनेहरुको सानेपा निवासमा भिडभाड छ । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो । खड्काको निधनमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार ०८:०१