४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विप्लवलाई टेलिफिल्म खेल्न केपी ओलीको सुझाव

१७ चैत, काठमाडौँ । वाम गठबन्धनको सरकार हिंसात्मक समूहप्रति कठोर हुने संकेत देखिएको छ । सडकमा हुने शान्तिपूर्ण प्रदर्शनमा समेत बर्बर दमन गरिरहेको सरकारले अर्धभूमिगत गतिबिधि गर्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीविरुद्ध कठोन कदम चाल्ने संकेत देखिएको छ ।

विप्लवको गतिबिधिलाई हल्का ढंगले टिप्पणी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विप्लवलाई टेलिफिल्म खेल्न सुझाव दिएका छन । ओलीले सुझावमात्र दिएनन् विप्ललाई फिल्मको कलाकार हुन बरु सोर्स लगाइदिने समेत बताए ।

रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रमा बोल्दै ओलीले आफू र प्रचण्डलाई वारेन्ट जारी गरेर विप्लवले बच्चाको भन्दा पनि बढ्दा हाँसोमजाक गरेको बताए । आफूलाई खुब सिद्धान्तवादी भन्ने तर सुतली बम वारेन्ट जारी गरे निकै अपरिपक्व व्यवहार देखाएको ओलीको आरोप छ ।

‘सुतली बम पड्काउने अनि सिद्धान्तका कुरा गर्ने, सुतली बम सिद्धान्त हुन्छ ? मलाई माक्र्सवादको पूँजीमा कहाँनेर सुतली बम सिद्धान्त छ, देखाइदिनुस’, प्रधानमन्त्री ओलीले भने, ‘नचाहिने कुराको पछि नलाग्नुस, यो उचित होइन, चन्दा उठाउनको लागि सिद्धान्तका गफ दिने ?’ उनले भने ‘उता मदनकृष्ण र हरिवंशजी हरुसँग आए हुन्थ्यो बरु हाँस्य सिरियल खेल्न म पनि सिफारिस गरिदिन्छु, तपाईँलाई प्रहशन गर्न सुहाउँछ, धुर्मुस सुन्तलीलाई पनि भन्दिउँला बरु ।’

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार २०:५७