बल्छी धुर्बे र राजुमास्टरकाे मेरीबास्सैसँग सम्बन्ध बिच्छेद, नयाँ हाँस्य टेलिसृङखला निर्माण गर्दै
१० चैत, काठमाडाैँ । मेरिबासैका चर्चीत हाँस्यकलाकार बल्छी धुर्बे र राजुमास्टरले चर्चीत हाँस्य टेलिसृङखला मेरीबासै छाेड्ने भएका छन् । मिडियाहबसँग विभिन्न कुरामा सहमती हुन नसक्दा अाफुहरूले मेरिबासै छाेडेकाे घाेषणा बल्छी धुर्बेले अाफ्नाे फेसबुक स्टाटस मार्फत गरेका छन् । दर्शककाे मायाले बाँचेका हामी मर्न चाहँदैनाै भन्दै बल्छी धुर्बेले स्टटस लेखेका छन् ।

एस्ताे छ बल्छी धुर्बेकाे स्टाटसः
एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।
प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ।
हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडाे भन्दा चाडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्नेबाद
बल्छी/राजु।

प्रकाशित मिति : 21:09













