११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

चुरोटले पनि पुरुषलाई भन्दा महिलालाई बढी असर गर्छ

९ चैत, काठमाडाैँ । एउटा अध्ययनले पुरुषलाई भन्दा महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । महिलाले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा गराउँछ । चुरोट वा बिडि सेवन गर्ने महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ ।

गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन् । त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ । अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन् ।

पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ । धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार २१:०७