४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अब मानवअधिकारकर्मीले पनि प्रदर्शन गर्न नपाउने, बालुवाटारबाट ३५ जना पक्राउ

१७ चैत, काठमाडौँ । वाम गठबन्धनको दुई तिहाइ मतको समर्थनप्राप्त सरकार आएपछि मानवअधिकारकर्मीले समेत प्रदर्शन गर्न नपाउने भएका छन । प्रहरीले काठमाडौंबाट शान्तिपूर्ण प्रदर्शन गर्ने ३५ जना मानव अधिकारकर्मीलाई शनिबार पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास अघि प्रदर्शन प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीको टोलीलाई पक्रेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले जानकारी दिएका छन ।

पक्राउ परेकाहरूलाई पुलिस क्लबमा राखिएको मानवअधिकार तथा शान्ति समाजले जनाएको छ । प्रहरीले पहाडीसँगै, होमनाथ चौलागाई, गंगाधर अधिकारीलगायतलाई पक्राउ गरेको छ । कैलालीको टिकापुरमा भएको घटनाका दोषीलाई सरकारले उन्मुक्ति दिन लागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १६:१५