१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युएईले आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्ने

५ चैत, दुबई । संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा छ हजार ८६२ ले बढी हो ।

मन्त्री नासेर बिन थानी अल हाम्लीले सन् २०३१ सम्ममा युएईमा व्यापक परिवर्तन देख्न पाइने बताउनुभयो । उहाँले सरकारको नयाँ योजनाबाट श्रम बजारमा व्यापक प्रभाव पर्ने एवं आफ्ना नागरिकका लागि रोजगारीको नयाँ अवसरहरु प्राप्त हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार १७:४६