२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

शिक्षाविद् मन वाग्लेले दिए निजी विद्यालय खारेज गर्नै पर्ने दश कारण


१७ चैत, काठमाडाैँ ।  निजी विद्यालयले अभिभावकहरूलार्इ अातंकित तुल्याएका छन । वर्षैभरी अतिरिक्त शुल्कका नाममा डस्दै अाएका निजी विद्यालप्रति अभिभावहरू मनमा अाक्रोश बाेकेर बसेका छन जुन व्यक्त गर्दा अाफ्ना बालबालिकाको भविष्यमा खतरामा उत्पन्न हुने हो कि भन्ने डर उनीहरूमा रहेका छन ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बुधबार काठमाडाैँमा अायोजना गरेको ‘शिक्षा अधिकार र निजी विद्यालयको शुल्क’ विषयक कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले निजी र सामुदायिक विद्यालय हुँदा दुई खालको जनशक्ति उत्पादन भई वर्गीय खाडल कामय रहने भएकाले निजी विद्यालयको खरेजी गर्नुपर्ने बताए ।

जुन विषय अहिले बहसको केन्द्रमा रहेको छ । वाग्लेले संविधानको सही कार्यान्वयन गर्नका लागि भएपनि निजी विद्यालय खारेजी गर्नेपर्ने बताएका थिए । उनले भने, “संविधानको मौलिक हकमा माध्यमिक शिक्षा निःशुल्क भनिएकाले सामुदायिक विद्यालयमा लगानी बढाएर गुणस्तरीय शिक्षा दिनु सरकारको कर्तव्य हो । निजी विद्यालयले उच्च शिक्षामा लगानी गर्न सक्छ ।” वाग्लेले निजी विद्यालय खारेजी गर्नुपर्ने कारणहरू यसरी पेश गरे ।

कारण १

निजी विद्यालयले सामाजिक असमानता सृजना गरी विभिन्न वर्गको विद्यार्थी उत्पादन गरेको छ । समाजवादमा जनतालाई दुई वर्गमा बाँड्न पाईदैन । त्यसैले निजी विद्यालय खारेज हुनु पर्छ ।

कारण २

निजी विद्यालयले नेपाली भाषाको चीर हरण गरेको छ । हाम्रो भाषा संस्कृतीलाई प्रहार गरेको छ । विद्यालय भित्र अंग्रेजी नबोल्नेलाई कान निमोठेर घर फर्काईदिएको छ । जरिवाना गरेको छ । राष्ट्रिय भाषालाई अपमान गर्न पाहिन्छ रु निजी विद्यालयहरुको नेपाली विषयको नतिजा हेर्नु भयो भने थाह हुन्छ, त्यसैले अँग्रेजीको नाममा नेपाली भाषाको चीर हरण गर्ने निजी विद्यालय बन्द गरिनु पर्छ ।

कारण ३

बाल मनोविज्ञानले के भन्छ भने पेन्सिल समातेर कापीमा लेख्नको लागि बच्चाको उमेर ६ साढे ६ बर्ष हुनु पर्छ । उहाँहरुले १४ महिनाको बच्चालाई मण्टेश्वरीमा भर्ना गर्नुहुन्छ । टुकुटुकु हिँड्न सकेको छैन, जबरजस्ती पेन्सील समातेर लेख्न लगाएको छ । यो जस्तो ठूलो अपराध के हुन्छ रु यदी बच्चाको मस्तिष्क पूर्ण विकास नभईकन जवरजस्ति लेख्न पढ्न सिकाउनु हुन्छ भने, त्यो बच्चाको उत्तर बाल्याअवस्थामा पुगे पछि लेख्ने पढ्ने कुरा खत्तम हुन्छ, पढेको कुरो कण्ठ गर्न सक्ला तर, समग्र विकासमा अबरोध आउँछ । त्यसकारण बालमनोविज्ञानको विरुद्ध रहेका निजी विद्यालय बन्द गरिनु पर्छ ।

कारण ४

विद्यार्थीको उमेरगत विकास अघि नै पढाई गर्ने चलन छ निजीमा । कक्षा १२ मा पढ्ने कुरा १० मै, १० मा पढ्ने ८ मा, ८ मा पढ्ने ६ मा ६ मा पढ्ने कुरा १ कक्षामै पढाईदिने । त्यसो गर्न पाहिन्छ ? सरकारले तोकेको टेक्सबुक मात्रै पढाएर कहाँ हुन्छ ? हामीले पनि छुट्टै किताब राखेर पढाउन पर्छ भन्ने तर्क गर्ने ? यो केवल कितावको किनबेचमा हुने कमिसनको चक्कर हो । कसैलाई कमाई खान विद्यार्थी माथि गरिएका यस्ता कृत्य सरासर अपराध हो, बालविकासका विरुद्ध हो । यस्तो अपराधलाई हामीले न्यूनिकरण मात्रै हैन निषेध नै गर्नु पर्छ ।

कारण ५

निजी विद्यालयहरुले २ प्रकारले आर्थिक शोषण गरेका छन् । अभिभावकलाई शोषण गरेको कुरा त जगजाहेर छ , अर्को शिक्षकहरुलाई कम तलबमा काममा राखेर आर्थिक शोषण गरेको छ । दुवै प्रकारबाट आर्थिक शोषण गरेर आफू मोटाउने काम निजी विद्यालय सञ्चालकहरुले गरेका छन् । त्यसैले यि बन्दै गर्नु पर्छ ।

कारण ६

कानूनी रुपमा पनि निजी विद्यालय सजायँको भागी छन् । उहाँहरु सरकारी नीति मान्नु हुन्न । निजी विद्यालय सञ्चालकहरु सरकारले तोकेको शुल्कको सिलिङ् मान्दैनौ भन्छन् । काठमाडौंमा तोकेको सिलिङ् कञ्चनपुर र ईलाममा लागि ब्यवहारिक हुन्छ ? भन्दै प्रश्न गर्नुको मतलव कानून मान्दिन भनेको हो । यस्ता धम्कि सरकारलाई दिनु भनेको हामी सरकार भन्दा माथि छौं भनेको हो । सरकार भन्दा माथि छौं भन्ने उहाँहरु को हो ? कि संविधान मान्दिन भन्नु पर्यो यो वेथिती र अनुशासनहिनता तोड्नु पर्छ । त्यसैले यि बन्दै गर्नु पर्छ ।

कारण ७

विद्यालय सञ्चालकहरु विचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि निजी विद्यालयहरु आवश्यक छैन । ८० हजार १ लाख भर्ना शुल्क उठाएर प्रतिस्पर्धा गर्ने । अर्को बुढानिलकण्ठको विद्यार्थी धापाखेल ल्याएर पढाउने । निश्चित क्षेत्रका विद्यार्थी त्यही क्षेत्रका विद्यालयमा नपढाउने भनेको विद्यार्थीमाथि ज्यादती हो ।

कारण ८

निजी विद्यालय पढेर १२ कक्षा पास गर्ने हरु यो देशमा कति छन् रु ती सबै विदेश जान तयार जनशक्ति हुन् । १२ कक्षा पास हुन पाएको छैन टोफल र आईएलटीएस पढेर विदेश जान खुट्टा उचाल्ने जनशक्ति तयार गर्न हामीले यत्रो लगानी किन गर्ने रु २ खर्बको लागनी छ निजी विद्यालयमा भन्नु हुन्छ, देशको लागी शुन्य लगानी गरेर के काम रु निजी विद्यालयका सञ्चालकहरु गर्व गर्छन् हाम्रा त यति विद्यार्थी बेलायत छन् यति विद्यार्थी अमेरिका छन् रे १ त्यही हो गुणस्तर रु देशको लागि आवश्यक जनशक्ति उत्पादन नगर्ने निजी विद्यालय राख्नु पर्छ भन्ने के जरुरी ?

कारण ९

विद्यालय सञ्चालन गरेर भएको फाईदाको रकम बोकेर निजी विद्यालय सञ्चालकहरु सांसद बन्न दौडेका छन् । एउटा गाउँपालिकाको सदस्य हुन १५–२० लाख रुपैंया नदिइ टिकट पाउँदैन भन्ने खबर त सार्वजनिक भएकै छ । सांसद हुन त पाँच करोड चाहियो । त्यो कहाँबाट कमाई भयो रु यो भन्दा अघि त अलिक धेरै थिए निजी विद्यालय सञ्चालकहरु सांसद अहिले अलि कम भएका छन्, तै पनि तपाई हामीले हाम्रा सन्तान पढाउन भन्दै दिएको पैसा उहाँलाई सांसद बनाउन हो ? त्यसो हो भने निजी विद्याल किन चाहियो ?

कारण १०

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । अहिलेको बजेटको अनुपातमा त्यो रकम बढ्नु भनेको झण्डै डेढ खर्ब शिक्षामा थपिन्छ । अहिले १ खर्ब १६ अर्ब शिक्षा बजेट छ । अब २० प्रतिशत पुग्दा थपिने रकम यसै बर्ष कक्षा १–८ को आधारभूत शिक्षाको स्तर उन्नतीमा लगाउनु पर्यो । अनी तिनै विद्यालय राम्रा भए पछि निजी किन चाहियो ? अर्को बर्षको रकम माध्यमिकमा खर्च गरेर सार्वजनिक सुधार गरी निजी विद्यालयलाई बाईबाई गर्नु पर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १६:२२