३० बैशाख २०८२, मंगलवार | Tue May 13 2025

राष्ट्रपतिको सवारीबारे आलोचना भएपछि कानुनमन्त्री तमाङले क्षमा मागे

१७ चैत, काठमाडौँ । राष्ट्रपतिको सवारीको विषयमा चर्को आलोचना भैरहेको समयमा नेपाल सरकारका एकजना वरिष्ठमन्त्रीले क्षमा मागेका छन । कानुनमन्त्री शेरबहादुर तमाङले सामाजिक सञ्जाल फेसबुक मार्फत क्षम मागेका हुन ।

उनले फेसबुकमा यसो भनेका छन ‘सडक मार्ग, हवाई मार्ग दुवै ट्राफिक जामको समस्याले ग्रस्त छ । हवाई मार्ग त जाममा परेर एक डेढ घण्टासम्म प्लेन आकासमा नै होल्ड गरेर बस्नु पर्ने अवस्था आएछ । जसको समाधानको लागि काठमाडौँ नजिकै अर्को डोमेस्टिक एअरपोर्ट बनाउनु पर्ने भएकाले हामी छलफलमा छौं । त्यसको लागि काभ्रेपलाञ्चोक र जहरसिंह पौवा डाँडा उपयुक्त हुनसक्छ । जहाँसम्म हाम्रा कारणले सडक जाम भएर सर्वसाधारणले सास्ती भोग्ने अवस्था आईरहेको छ, यसको वारेमा हामि क्षमा माग्दै सडक जामको अवस्था हाम्रा कारणले नहोस भनेर सचेत रहने कुरामा विस्वास दिलाउन चहान्छु ।’

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ०७:३७