१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

काठमाडौंको लगन टोलमा आगलागी, दुई घर जले, एक जना घाइते, एकको अवस्था अज्ञात


५ फागुन, काठमाडौँ । काठमाडौँको लगन टोलमा आगालागीका कारण दुई घर जलेका छन । आज बिहान काठमाडौँ महानगरपालिकाको वडा नम्बर १२ मा रहेको लगन टोलमा आगलागीबाट दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात रहेको छ ।

बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थियो । जीवनकाजीको अवस्था अज्ञात छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०७:५३