२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

आज १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

४ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।बैंकले आइतबार एक सूचनामार्फत यो परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ ।

यसअघि बैंकले गएकाे फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ०८:०३