१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आँधीका कारण ३१ को मृत्यु, कैयौँ बेपत्ता

३ चैत, जिम्बाब्वे । जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले शनिबार जनाएका छन् । मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् । आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।

पछिल्लो जानकारीअनुसार ३१ जनाको मृत्यु हुनुको साथै ७१ वेपत्ता रहेका छन् । आँधी र आँधीपछि आएको बाढीका कारण २५ घर निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ । बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । सीमा क्षेत्रमा रहेको एक विद्यालयबाट सेना र उद्वारकर्ता गरेको कारबाहीको क्रममा करिब दुई सय विद्यार्थीको उद्वार गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १८:३४