२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

खुला प्रतिष्पर्धाबाट शिक्षक परिपूर्ति गर्न माग

१६ चैत, काठमाडाैँ । तीन विद्यार्थी संगठनले शिक्षक सेवा आयोगसँग खुला प्रतिष्पर्धाका माध्यमबाट शिक्षक पदपूर्ति गर्नका लागि माग गरेका छन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले आज संयुक्त विज्ञप्ति जारी गर्दै यही चैत २३ गते हुने भनिएको शिक्षक परीक्षा स्थगन गरिएकामा स्वागत गर्दै दक्ष एवं योग्य शिक्षक परिपूर्ति गर्नका लागि अविलम्ब खुला प्रतिष्पर्धाबाट परीक्षा लिन शिक्षक सेवा आयोगसँग माग गरेका छन ।

विद्यार्थी संगठनले शिक्षक अनुमतिपत्र लिएर बसेका सात लाखभन्दा बढी नयाँ विद्यार्थीलाई पनि मौका दिनका लागि प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्न खुला प्रतिष्पर्धाबाट परीक्षा लिन आयोगसँग माग गरेकाे अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैले जानकारी दिए ।

उनले विद्यार्थी संगठनले परीक्षा स्थगन भएकाले तत्कालका लागि घोषित शैक्षिक हड्ताललगायत सम्पूर्ण कार्यक्रम फिर्ता लिएकाे जानकारी दिए । उपाध्यक्ष बर्ताैलाले ७५ प्रतिशत आन्तरिक प्रतिष्पर्धाबाट पदपूर्ति गराउने गरी ल्याइएको शिक्षा ऐन २०२८, नवौँ संशोधनका अवैज्ञानिक र अव्यावहारिक प्रावधानलाई दशौँ संशोधनमार्फत तत्काल खारेज गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार २०:०१