२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी


१६ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिनुभएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गर्नुभएको हो । महत्वपूर्ण निर्णयहरूमा प्रधानमन्त्रीको संलग्नता रहनेछ”, उहाँले भन्नुभयो ।

सो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्रीसरह मन्त्रिपरिषद्मा सहभागी हुन पाउने र मन्त्रालयमा गरेका निर्णयले मन्त्रिस्तरीय मान्यता पाउनेछन् । स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित उहाँ यही चैत २ गते राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १९:५७