२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

सामूहिक बलात्कारमा संलग्न नेविसंघका नेता शिशिरसहित तीन पक्राउ


१६ चैत, पर्वत । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सहित ३ यूवा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति शिशिर क्षेत्री सहित ३ युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्वबियु सभापति कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका शिशिर क्षेत्री सहित, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र कुस्मा नगरपालिका ५ बड्गाउँका सौगात शर्मा पौडेल रहेका छन । उनीहरुलाई कुस्मा नगरपालिका ४ छमर्के घुम्तीस्थत न्यु सेवा गेष्टहाउसबाट प्रहरीले बलात्कार भएकी युवती सहित पक्राउ गरेको थियो । स्याङ्गजा घर भएकी १६ बर्षिया युवतीलाई बिहीबार साँझ सामुहिक बलात्कारको आरोप लागेका युवाहरुलाई पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति शिशिर क्षेत्री सहित ३ युवा पक्राउ होटलबाटै युवती सहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा स्वबियु सभापति कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका शिशिर क्षेत्री , कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र कुस्मा नगरपालिका ५ बड्गाउँका सौगात शर्मा पौडेल रहेका छन । यसैगरी न्यु सेवा गेष्टहाउसका सञ्चालक शेरबहादुर हमाललाई पनि प्रहरीले पक्रेर अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहिबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशीरलाई बोलाएका थिए । दिउँसै देखि खाजा खाँदै बसेका दुई युवतीलाई जर्बजस्ती गर्न थालेपछि एक युवती भाग्न सफल भएकी थिएन । अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षिय युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्वजस्ती करण गरेको बयान प्रहरीमा दिएका छन । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्वास्थ्य जाँच गर्दा समेत बलात्कार पुष्टि भएको छ । घटनास्थलबाट कण्डम समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पिडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहिबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशीरलाई बोलाएका थिए । दिउँसै देखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षिय युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्वजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ ।

प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरु सहित एक युवती सँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।

पिडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पिडित युवतीका आफन्तहरुलाई बोलाएर जवजसर््ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १९:२०