२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

देशले मागे जस्तो अभिनय गर्न कलाकारलार्इ प्रधानमन्त्री अोलीको अाग्रह


१६ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारहरुलाई आग्रह गर्नुभएको छ । “देश र समयले मागे अनुसार कथा बनाउनुहोस,कथाले मागे जस्तो अभिनय गर्नुहेस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ ।”

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायाँकन गरेर विश्वभर फैलाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग आफूले पनि अन्तरक्रिया गर्ने बताउनुभयो । केही समय पछि नै भारतका कलाकारहरुलाई नेपाल मै बोलाएर यहाँका कलाकारसँग अन्तरक्रिया गराउने आफ्नो योजना रहेको प्रधानमनत्ती ओलीले बताउनुभयो ।

“नेपाली कलाकारहरु पनि ओस्कार पुरस्कार पाउन योग्य छन्” प्रधानमन्त्री ओलीको भनाइ छ “नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो ।” नेपालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथासक्य सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।

चलचित्रले मनोरञ्जन मात्र हैन समाज जागरणका लागि पनि असाधरण भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिलेको सरकार देशको कुनै एक क्षेत्रमा हैन सबै क्षेत्रको विकास उहि गतिमा होस भन्ने चाहन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि चलचित्र क्षेत्र पनि उतिकै अब्बल र समृद्ध हुन जरुरी छ ।” कार्यक्रममा प्रधानमन्त्री ओलीले १ लाख रुपैंया राशीको फान अवार्ड २०७३ बरिष्ठ कलाकार नीर शाहलाई

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार २०:०३