२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन


१६ चैत, काठमाडाैँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । खड्काको भारतको अपलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो। नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै नेता खड्काको निधन भएको जानकारी दिएका छन । ‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु!!’ शर्माको ट्विटमा उल्लेख छ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार २०:०२