१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

विप्लवलाई प्रत्यक्ष–अप्रत्यक्ष सघाउनेलाई पनि कारबाही हुन्छः मन्त्री बास्कोटा

३० फागुन, काठमाडौं  ।  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको बास्काेटाले जानकारी गराएका हुन् ।

त्यस्तै, अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए । मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १६:५२