२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

अस्थायी शिक्षकको स्थायी हुने परीक्षा स्थगित (अायोगको सूचनासिहत)


१६ चैत, काठमाडौँ । शिक्षक सेवा आयोगले यही चैत २३ गते सञ्चालन हुने अस्थायी शिक्षकको परीक्षा स्थागित गरेको छ । यसअघि १४ चैतमा अायोगले परीक्षा केन्द्र निर्धारण गर्दै कुनै पनि हालतमा परीक्षा नरोकिने दाबी गरेको थियो ।

अायोगको उपसचिव दामोदर अाचार्यले दैनिकीसँग कुरा गर्दै आयोगले कार्यरत अस्थायी शिक्षकहरुका लागि तोकिको प्रतियोगितात्मक लिखित परीक्षा स्थगित गरेको बताए । उनले परीक्षा स्थगित हुँदा परीक्षार्थीमा पर्न गएको असुबिधाप्रति अायोगले क्षमा मागेको पनि बताए । अायोगले शिक्षा मन्त्रालयको निर्देशनमा परीक्षा स्थगित गरेको हो ।

विद्यर्थी संगठनहरूले शैक्षिक अाम हड्तालको घाेषणा गरेपछि त्यसबाट बच्न परीक्षा स्थगित गरिएको हो । अायोगले परीक्षा स्थगित गरेपछि शैक्षिक अामहड्तालको कार्यक्रम स्थगित गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैलाले बताए । उपाध्यक्ष बर्ताैलाले अविलम्ब खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिका लागि पक्रिया सुरू गरेर अर्को मिति तय गर्न अायोगलार्इ अाग्रह गरिएको बताए ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १६:००