१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

मन्त्रिपरिषद् पुनर्गठन तत्काल हुँदैन, यसबारेमा सोचेकोसम्म छैनः प्रधानमन्त्री ओली

२९ फागुन, काठमाडाैँ । मन्त्री हुन खुट्टा उचालिरहेका नेकपा नेताहरूले मन्त्रिपरिषद् पुनर्गठनको नाममा अनेक खालको प्रचारबाजी गरिरहेको समयमा मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल केही नहुने बताएका छन ।  बुधबार नेपाल टेलिभिजनबाट प्रशारित जनतासँग प्रधानमन्त्री भन्ने कथा नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को हरेफेर तत्काल नहुने स्पष्ट पारे । उनले फेरि पनि मन्त्रिपरिषद्मा हुने हेरफेर कुनै नाैलो कुरा नहुने बताएका छन ।

बुधबार मन्त्रिपरिषद् पुनर्गठनको हल्लाले बजार तातिएको अवस्थामा प्रधानमन्त्री अोलीको यो स्पष्टोक्तिले भ्रम चिरेको छ ।  प्रधानमन्त्री कार्यालय स्रोतको हवाला दिँदै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको समाचारहरू समेत प्रकाशित र प्रशारित भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार २२:३२