८ असार २०८१, शनिबार | Sat Jun 22 2024

संसदबाट श्वेतपत्र जारी गर्दै अर्थमन्त्री खतिवडाले भनेः बित्तिय अराजकता बढ्यो (भिडियोसहित)


१६ चैत, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदबाट श्वेतपत्र जारी गरेका छन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्री खतिवडाले श्वेतपत्र जारी गरेका हुन ।

श्वेतपत्र जारी गर्दै मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण मोडमा पुगेको बताए । मन्त्री खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको बताउँदै स्रोत सुनिश्चितता दिने र अर्को वर्ष स्रोत सुनिश्चितताको बजेट विनियोजन नहुने वित्तिय अराजकता बढेको जानकारी दिए ।

तलको लिंकमा खतिवडाले श्वेतपत्र जारी गरेको सुन्न र हेर्न सक्नुहुन्छ ।

मन्त्री खतिवडाले बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताए । उनले श्वेतपत्रमा मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीति उल्लेख गरेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १४:४९