माेबाइलमा भिडियो हेरेर बच्चा जन्माउने प्रयास गर्दा अविवाहित आमा र बच्चा दुबैको मृत्यु
२८ फागुन, भारत । भारतकाे उत्तर प्रदेशको गोरखपुरमा २५ वर्षीया अविवाहित गर्भवतीले भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दुबैको ज्यान गएको छ । एजेन्सी समाचारका अनुसार ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन चाहान्थिन् ।
गोरखपुर प्रहरीका अनुसार ती युवती बहराइचकी हुन् । चारदिन पहिले गोरखपुरको बिलंन्दपुर इलाकामा कोठा भाडामा लिएर बस्दै आइरहेकी थिइन् । आइतबार अन्य कोठामा बस्नेहरुले उनको ढोकाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको कोठामा एक मोबाइल फेला पारेको थियो जसमा प्रसव भिडियो ‘प्ले’ भैरहेको थियो ।
कैन्ट पुलिस थानाका एसएचओ रवि रायले भने ‘महिला अविवाहित थिइन् । उनी आफ्नै कोठामा एक्लै बच्चा जन्माउने कोसिसमा थिइन् । बच्चा जन्माउने क्रममा उत्याधिक रक्तस्रावका कारण उनको ज्यान गयो । उनी यो इलाकामा चार दिन पहिलेमात्र आएकी थिइन् ।
प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ०९:२८