९ असार २०८१, आईतवार | Sun Jun 23 2024

एनसेल टावरमा आगजनी गर्ने विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ


१६ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गर्ने विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङ रहेका छन् ।

नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए ।

बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी हुँदा एउटा जेनेरेटर र टावरमा रहेको तार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १३:२१