१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

रवीन्द्र अधिकारीको चुनाव क्षेत्रबारे कुरा पार्टीले निर्णय गर्छ: अध्यक्ष प्रचण्ड

२७ फागुन, पोखरा । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा  को उम्मेदवार बन्न जिल्ला पार्टी र परिवारको पनि निर्णय चाहिने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्डले स्व रवीन्द्रको परिवार स्वयं राजीतिक पृष्ठभूमिकै भएकाले त्यसबारे पार्टीले निर्णय गर्ने बताएका छन् । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा चुनावबारे पार्टीमा औपचारिक कुरा नभई सकेको पार्टी अध्यक्ष प्रचण्डले प्रष्ट्याएका छन् । उनले रवीन्द्रका परिवार सदस्य पनि राजनीतिक पृष्ठभूमिकै भएको र नेतृत्व लिन सक्ने क्षमताका भएकाले सबैको सहमतिमा मात्रै निर्णय लिइने बताए ।

प्रचण्डले पार्टी एकतालाई अन्तिम रुप दिन प्रक्रियागत छलफल चलिरहेको जानकारी दिए । उनले भने, ‘ढिलो पक्कै भयो । यसबीचमा कैयौं प्रश्न र अन्यौल पनि सिर्जना भए । तर, माथि ठूलो समस्या परेर भने होइन ।’ केही प्राविधिक कारणले पार्टी एकतालाई अन्तिम रुप दिन ढिलाइ भए पनि केही दिनभित्रै यसको टुंगो लाग्ने उनले जनाए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १५:४०