१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने १ सय ५७ मध्ये एक जना नेपाली

२७ फागुन, काठमाडाैँ । इथियोपियाबाट केन्याकालागि उडान भरेको एक यात्रु वाहक विमान दुर्घटना हुदा १ सय ४९ यात्रु तथा चालक दलका ८ सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना नेपाली यात्रु पनि रहेका छन।

इथियोपियन एयरलाइन्सका प्रवक्ताले बोइंग ७३७ यात्रुबाहक विमान दुर्घटना ग्रस्त भएको र त्यसमा रहेका सबै यात्रु चालकदलका सदस्यको मृत्यु भएको बताएका छन । विमानमा  नेपालसहित ३३ देशका नागरिकले यात्रा गरिरहेका थिए ।

राजधानी अदिसअबाबाबाट नैरोबीको लागि उडान भरेको उक्त विमान उडेको ६ मिनेटमा नै सम्पर्क बिहीन भएपछि दुर्घटनामा परेको थियो ।
विमान बिसोफ्टु सहर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ । राजधानी अदिसअबाबाबाट दुर्घटनास्थल करिब १ घण्टाको दुरीमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०७:४९