१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नौ दिनपछि भेटिए त्रिशूलीमा वेपत्ता सचिव यादवका छोरा


४ फागुन, धादिङ । त्रिशुली दुर्घटनामा मृत्यु भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवका छोरा सन्तोष यादवको शव शुक्रबार फेलापरेको छ । २२ वर्षीय सन्तोषको शव बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर–५ स्थित त्रिशूली नदीको किनारामा फेलापरेको प्रहरीले जनाएको छ । यादव सवार बा२झ ३१४० नम्बरको जिप माघ २६ गते धादिङको मलेखुनजिकै त्रिशूली नदीमा खस्दा सन्तोष वेपत्ता भएका थिए । सचिव यादव र उनीसँगै जिपमा सवार उन्नति गुप्ताको शव भने प्रहरीले सोही दिन नदीबाट शब निकालेको थियो । –विवेक अर्याल

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार २०:०८