सरकार विकास र पूर्वाधारका आधार तयार गर्दैछः उपप्रधानमन्त्री पोखरेल
२४ फागुन, सुनसरी । उपप्रधानमन्त्रि तथा रक्षामन्त्री इश्वर पोखरेलले संविधान विपरितका गतिविधि मान्य नहुने वताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकार सँग कुरागर्दै उहाँले अवैध हतियारको प्रयोग तथा राजनीतिक आवरणमा हतियार संकलन जस्ता संविधान विपरितका गतिविधि मान्य हुन नसक्ने बताउनुभएको हो ।
‘अपराधिक र आतंककारी गतिविधि संविधान विपरित हो’ मन्त्री पोखरेलले भन्नुभयो ‘नेपाली जनता आफैंले बनाएको संविधान विपरित जाने कार्य अमान्य छ ।’ उहाँले शान्तिपूर्ण राजनीतिका लागि सबै बिचारहरुलाई स्थान हुने भन्दै संविधान विपरितका गतिविधि सरकारले नियन्त्रण गर्ने पनि बताउनुभयो ।

उहाँले सरकारलाई कसैले समर्थन गर्न र नगर्न पाइन्छ तर सरकारले आफ्नो हैसियतका साथ काम गर्ने वताउनुभयो । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सरकार विकास र पूर्वाधारका आधार तयार गर्दै अगाडी बढिरहेकोले देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको दावी गर्नु भएको छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १८:५९












