१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

बालकृष्ण पोखरेलको जस्तो योगदान विरलैले मात्र दिनसक्छनः उपप्रधानमन्त्री पोखरेल

२४ फागुन, सुनसरी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले वरिष्ठ भाषाविद प्राध्यापक वालकृष्ण पोखरेल प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ । शुक्रबार विहान विराटनगर स्थित पोखरेल निवास पुगेर श्रद्धाञ्जली एवं समवेदना ब्यक्त गर्नुभएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले भाषाविद वालकृष्ण पोखरेलको निधनले नेपालको भाषा, साहित्य र सस्कृतिको क्षेत्रमा ठूलो रिक्तता पैदा भएको वताउनुभएको छ । उहाँले भाषाविद पोखरेल नेपाली भाषाको अन्वेषण,अनुसन्धान र इतिहाँसका प्रणेताको सग्लो विम्व रहेको जनाउनुभएको छ ।

एक ब्यक्तिको जीवनमा उहाँले दिनुभएजस्तो योगदान विरलै ब्यक्तिले मात्र दिन सक्ने उपप्रधान तथा रक्षामन्त्री पोखरेलले श्रद्धाञ्जली पत्रमा उल्लेख गर्नुभएको छ । बालकृष्ण पोखरेलका १ सय १५ कृति प्रकाशित भएका छन । खस जातिको इतिहास, सय वर्ष र नेपाली वृहत शब्दकोश लगायत उहाँका चर्चित कृति हुन । उहाँको फागुन १२ गते ८६ बर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १७:५६