१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

सरकारको बाटो छेक्नेहरू आफैँ असफल हुन्छनः उपप्रधानमन्त्री पोखरेल

२४ फागुन, भद्रपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताउनुभएको छ ।

झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताउनुभयो ।

“कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो काम गरेको देख्न नचाहने देशभित्र र बाहिरका शक्ति कमी कमजोरी खोज्न पुल्ठो बालेर हिँडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामी जनतासँग गरेका सबै वाचा पूरा गर्दै अघि बढेका छौँ, उनीहरु असफल हुने छन् ।”

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार २२:३६