सिके राउतसँग भएको सहमतिको नेकपा भित्रै चर्को बिरोध, भाषामा भीम रावलको गम्भीर आपत्ति
२४ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिको भाषामा आपत्ति जनाएका छन । उनले सहमतिमा प्रयोग गरेको भाषा गम्भिर आपत्तिजनक रहेको बताएका छन ।

सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्ताक्षर गरेको केही घण्टामै सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै नेता रावलले सहमतिमा उल्लेख गरिएको भाषामा आपत्ति जनाएका हुन । उनले सहमतिमा प्रयोग भएको भाषा दुई देशकोबिचमा भएको जस्तो गरि आएको भन्दै आपत्ती जनाएका हुन् ।

उनले भनेका छन ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो रु देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’
यस्तो छ सम्झाैता, तपाइ पनि पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १९:३२












