प्रधानमन्त्री ओलीले गरे सीके राउतको प्रशंसा
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको प्रशंसा गरेका छन् । असाधारण निर्णय क्षमता देखाएकाे भन्दै यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र असाधारण क्षमता देखेको ओलीले बताए । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए ।

सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताए । ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १४:५४












