राजनीतिक सहमतिपछि सिके राउतकाे घाेषणा, `राष्ट्रिय सम्बृद्धिका लागि सारथी बन्छुु´
२४ फागुन, काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले संवृद्विकाे सारथी बन्ने घाेषणा गरेका छन् । आज भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता पनि सराहनीय रहेको बताए ।

२०६९ साल जेठ सात गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १४:३७












