९ असार २०८१, आईतवार | Sun Jun 23 2024

विद्यार्थी संगठनहरुद्वारा आम शैक्षिक हड्तालको घोषणा, माइतीघरमा बृहत प्रदर्शन गर्दै


१६ चैत, काठमाडौँ । शिक्षा ऐन संशोधनको बिरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् । अहिले केहीबेरमा काठमाडौँको माइतीघर मण्डलामा बृहत प्रदर्शनको तयारी गरेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताएका छन ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ ।

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि पहिले परीक्षा स्थगित हुनुपर्ने आफ्नो अडान रहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १०:२२