प्रधानमन्त्रीको चासो र अर्थ सचिव बिरामी हुँदा रोकिएको श्वेतपत्र अर्थमन्त्रालयले अाज सार्वजनिक गर्दै
१६ चैत, काठमाडौँ । अर्थमन्त्रालयले मुलुकको वर्तमान आर्थिक स्थिति र अागामी रणनीतिसहितको श्वेतपत्र आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको अायोजना गरी श्वेतपत्र सार्वजनिक गरिदैँ छ । यसअघि बुधबार श्वेतपत्र जारी गर्ने तयारी गरे पनि प्रधानमन्त्रीले श्वेतपत्र हेर्न चाहेको र अर्थसचिव शंकरप्रसाद अधिकारी बिरामी हुँदा रोकिएको थियो ।
अघिल्लो सरकारका केही निर्णयले राज्य कोषमा परेको व्ययभार र स्रोत व्यवस्थापनका लागि चाल्नुपर्ने कदमसहित वित्तिय क्षेत्र तथा शेयर बजारबारेल पनि श्वेतपत्रबाट संबोधन गरिने तयारी छ ।
पूरानो सरकारले छाडेको अर्थतन्त्र र नयाँ सरकारको आर्थिक नीति समेटेर श्वेतपत्र तयार पारेकाे अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले बताएका छन । श्वेतपत्रमा बैंकहरुको पूँजी वृद्धिले गर्दा उत्पादन मूलक क्षेत्रमा जानु पर्ने पैसा एकै ठाउँमा केन्द्रित भएको आशय उल्लेख गरिएको छ ।
प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०७:५४