८ असार २०८१, शनिबार | Sat Jun 22 2024

रसुवागढी र सान्जेन जलविद्युतको साधारण सेयर बाँडफाँड आज


१६ चैत, काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी ररसुवागढी हाइड्रो पावर लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक तथा ऋणदाता संस्थाका कर्मचारीका लागि आज साधारण सेयर बाँडफाँड गर्दैछ ।

सेयर बाँडफाँडका लागि सम्पूर्ण तयारी पूरा भएको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले जानकारी दिएका छन । सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन भएकाले बाँडफाँड गर्न लागिएको उनले बताए ।

दुवै कम्पनीले पहिलो चरणमा सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था) तथा ऋणदाता संस्था (कोष) का कर्मचारीका लागि सेयर निष्कासन गरेका थिए । तोकिएको समयभित्र दुवै कम्पनीमा संस्थापक तथा ऋणदाता संस्थाका १९ हजार १ सय ३३ जनाले आवेदन दिएका छन् ।

उनीहरूबाट ८१ करोड ७३ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । रसुवागढीमा कोषका ५ सय ८५ कर्मचारीले आवेदन दिएका छन् । उनीहरूबाट ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले दिएको आवेदनबाट ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ ।

यसैगरी, सान्जेनमा कोषका ५ सय ८५ कर्मचारीले आवेदन दिएका छन् । यसबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । उता संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०७:४८