१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

अब पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट चढेर दर्शन गर्न पाइने, राष्टपति भण्डारीले उद्घाटन गर्ने

२२ फागुन, पोखरा । अब पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट चढेर दर्शन गर्न पाइने भएकाे छ । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको हाे । ६० फिट अग्लो लिफ्टकाे गत वर्ष वैशाखदेखि निर्माण सुरु भएको थियाे । लिफ्टमा एकैचाटीमा १२ जनासम्म चढ्न मिल्छ ।

यसको भारबहन क्षमता ६ सय ८० किलोग्राम रहेको छ । उक्त लिफ्ट व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा १ करोड लागतमा बनेको हो । हाललाई जेष्ठ नागरिक र शारीरिक अपांगलाईमात्रै लिफ्टको निशुल्क व्यवस्था गरिएको छ ।

विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्टकाे उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उनले लिफ्टमा रहेको शिलापत्र अनावरण गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भण्डारीले लिफ्टको उद्घाटनपछि शिव मन्दिर, विन्ध्यवासिनी मन्दिर, गणेश मन्दिरमा पूजा तथा दर्शन गर्ने तथा दाताहरुलाई सम्मान गरेर सम्बोधन गर्नेछिन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १९:४७