२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रदेश ३ काे स्थायी राजधानी नुवाकोट ! संसदमा बद्री मैनालीले दर्ता गराए प्रस्ताव


१५ चैत, काठमाडौँ । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट बनाइनु पर्ने मागसिहत संसद सचिवालयमा प्रस्ताव दर्ता भएकाे छ । नेकपा एमालेका युवा नेता समेत रहेका सांसद बद्री मैनालीले नुवाकोटलार्इ प्रदेशकाे स्थायी राजधानी बनाउनुपर्ने मागसहित बिहीबार सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन ।

मैनालीको प्रस्तावमा माअाेादी केन्द्रका सांसद  हिरानाथ खतिवडा, शान्ति थिङ र अाशामाया तामाङले समर्थन जनाएका छन । मैनाली, खतिवडा र तामाङ नुवाकोटका सांसद हुन भने थिङ रसुवाबाट प्रतिनिधित्व गर्छिन ।

संसदमा प्रस्ताव दर्तापछि दैनिकीसँग कुरा गर्दै सांसद मैनालीले अाफू जनताकाे सेवक रहेको र निर्वाचनका समयमा राजधानी नुवाकोट बनाउनुपर्छ भनेर प्रतिवद्धता जाहेर गरेकाले अाफूले पहल लिएको बताए । उनले नुवाकोट हरेक हिसाबले प्रदेश राजधानीका लागि उपयुक्त रहेको भन्दै संसदको दुर्इ तिहाइ मतले प्रदेश ३ को स्थायी राजधानी नुवाकोट तोकिने बताए ।

यसअघि काभ्रेका सांसद चन्द्र लामाले राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता गराएका थिए । प्रस्तावमा १३ वटै जिल्लाका लागि हेटौँडा अपायक परेकाले सबैलाई पायक पर्ने ठाउँमा सार्नका लागि प्रस्ताव गरिएको छ ।

काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्कलाई प्रदेशको स्थायी राजधानी बनाउँदा उपयुक्त हुने प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशमा ११० जना सांसद रहेका छन्, जसमध्ये धेरैले प्रदेश राजधानी सानुपन मत राख्दै आएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार २०:१७