२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

लोग्नेको रिसले अाफ्नै छोराको ढाडमा आइरन घस्ने सरलाविरुद्ध ज्यान मुद्दा

१५ चैत, विराटनगर । लोग्नेको रिसले आफ्नै कोखमा नौ महिना राखेर जन्माएको छोराको ढाडमा आइरन घस्ने सरला काफ्लेका विरुद्धमा प्रहरीले ज्यान मुद्दा दर्ता गरेको छ ।

लोग्ने सँगै बस्न नमानेको झोँकमा आफ्नै छोराको ढाडमा आइरन घस्ने सरलालाई पेहरीले मंगलबार नै पक्राउ गरेको थियो । झण्डै ८ वर्षअघि विराटनगरकी विक्रमसँग मागी बिहे गरेकी सरलाकै कारण विक्रमको परिवारमा कलह भएपछि बुबाआमा छुट्टै बसेका थिए ।

उनीहरुको मागी बिबाह भए पनि दुबै जना वैदेशिक रोजगारीमा गएपछि सम्बन्ध बिग्रदै गएको थियो । छोराको ढाडमा रातभरी आइरनले डामेकी सरलाले छाराको उपचराको साटो विद्यालय पठाएकी थिइन ।

श्रीमतिले पटक पटक हिंसागरेपछि यसअघि नै विक्रमले सरलाकाविरुद्धमा मुद्दा समेत हालेको खुलेको छ । विक्रमले अब छोराको न्यायका लागि श्रीमतिविरुद्ध लड्ने भएका छन ।

उनले छोरालाई न्याय दिलाउनका लागि आफू सबै गुमाउन परे पनि तयार रहेको बताएका छन । विक्रमले विगतमा छोरालाई आफूसँगै लिन चाहे पनि सरलाले दिएकी थिइनन् ।

उनले त्यही छोराको कारण विक्रम बाबुआमालाई छाडेर आफूसँग आउने अपेक्षा गरेकी थिइन तर हिंसा सहन नसकेका विक्रम उनीछेउ जाने कोशिश नै गरेनन ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १९:३२