१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र थापाको इजलासमा

१३ कात्तिक, काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा शुक्रबार भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन लागेको हो ।

शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरण रिट दिएका हुन् । धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : October 30, 2026 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/