१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

किन टिकटकमाथि ५७ करोड जरिवाना भयाे ? यस्ताे रहेछ कारण

१९ फागुन, अमेरिका । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । अमेरिकामा एपमाथि अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्ने भएकाे छ ।

अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ । अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

यद्यपि अन्य सोसल मिडिया प्लाटर्फममा जस्तै प्रयोगकर्ताको उमेरको प्रमाणिकरण चाहीँ विश्वासको भरमै हुनेछ ।  प्रयोगकर्ताले आफ्नो उमेर ढाँटेर टिकटकमा लगइन गरेको खण्डमा त्यसको चेकजाँच गर्ने कुनै संयन्त्र हुनेछैन । प्रयोगकर्ताको उमेरको प्रमाणिकरण  अमेरिकामा मात्र लागू हुनेछ । सन्२०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ ।

आयोगले कुनैप्नि बालबालिकाले टिकटक प्रयोग गरेको पाइएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटलाई आदेश दिएको छ । एजेन्सी

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार १५:१०