३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो, एक दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

३० असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने दैनिक संख्याको सीमा अस्थायी रूपमा वृद्धि गरेको छ । केन्द्रीय बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले सबै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै व्यक्तिगत वालेटमा रकम जम्मा गर्ने सीमा दैनिक १० पटकबाट बढाएर ५० पटक पुर्याएको हो ।

राष्ट्र बैंकले दशैंको अवसरमा असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा तिहार र छठ पर्वको अवसरमा २०८३ कात्तिक २१ देखि कात्तिक २९ गतेसम्मका लागि यो सीमा बढाएर ५० पटक बनाएको  हाे ।

प्रकाशित मिति : October 16, 2026 at 1:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/