३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

प्रेस युनियनका अध्यक्ष र पूर्व अध्यक्ष पराजित हुँदा बाला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

३० असोज, काठमाडाैँ । पत्रकारिताबाट पूर्णकालीन राजनीतिमा होमिएकी डा बाला अधिकारी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन । कांग्रेसको १५औँ महाधिवेशनबाट अधिकारी पेशागत र विषयगत क्षेत्रको महिला खुला समूहबाट अधिकारी निर्वाचित भएकी हुन ।

अधिकारीले कुल दुई हजार १९४ मत प्राप्त गरिन । अधिकारीसँगै सोही समूहबाट डा सीता पोखरेल घिमिरे कुल दुई हजार ६५० मतसहित निर्वाचित भएकी छिन । अधिकारी दोस्रो कार्यालका लागि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । अधिकारीले केही समयअघि मात्र विद्यावारिधीसमेत गरेकी थिइन ।

अधिकारी केन्द्रीय सदस्य निर्वाचित हुँद सोही क्षेत्रबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका प्रेस युनियनका अध्यक्ष शिव लम्साल र पूर्व अध्यक्ष समिरजंग शाह पराजित भए । कोमामा पुगेको नेपाल पत्रकार महासंघलाई कार्यवाह अध्यक्ष भएर निर्वाचन मार्फत नयाँ नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन ।

त्यसैगरी केन्द्रीय सदस्य (पेशागत विषयगत क्षेत्र, खुला) तर्फ पाँच जनाको लागि भएको निर्वाचनमा डा केदार नरसिंह केसी, केशव निरौला, प्रा डा जगदीश चन्द्र पोखरेल, डा प्रदिप मिश्र र वरिष्ठ अधिवक्ता सिताराम के.सी निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : October 16, 2026 at 8:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/