२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भोटेकोशी र त्रिशूली बाढीको बीमा दाबी २० अर्ब ९० करोड रुपैयाँ, हालसम्म साढे २३ करोड भुक्तानी

२९ असोज, काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।

प्राधिकरणको विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ बराबरको अनुमानित/प्रारम्भिक दाबी परेको हो। त्यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ सम्बन्धित बीमितलाई दाबी भुक्तानी गरिसकिएको तथ्यांकले देखाएको छ।

सबैभन्दा धेरै सम्पत्ति बीमातर्फ ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ, इन्जिनियर तथा ठेक्का जोखिमतर्फ ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार, मोटर बीमातर्फ २ अर्ब ८५ करोड ३४ हजार रुपैयाँ, परिवहन बीमातर्फ २ अर्ब ३४ करोड ५ लाख ९१ हजार रुपैयाँ, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ प्रारम्भिक दाबी परेको छ।

त्यसमध्ये हालसम्म सम्पत्ति बीमातर्फ ८ करोड ६२ लाख ८३ हजार रुपैयाँ, इन्जिनियर तथा ठेक्का जोखिमतर्फ ३० लाख रुपैयाँ, मोटर बीमातर्फ ६ करोड ७४ हजार रुपैयाँ, परिवहन बीमातर्फ ७ करोड ८२ लाख ७२ हजार रुपैयाँ र अन्य बीमातर्फ ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

प्रकाशित मिति : October 15, 2026 at 5:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/